विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

२०८१ फागुन ४ गते आइतबार ।

बैंकको खबर । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम कारबाही हुने बताएका छन् । 

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिादै विदेशी मुद्रा अपचलन भएको भेटिए विदेशी विनिमय नियमित गर्ने ऐन, २०२१ अनुसार कानुनी कारबाही हुने बताएका हुन् ।

उनले कसैले पनि विदेशमा कुनै किसिमको सेक्युरिटी, विदेशी फर्मको साझेदारी, विदेशी बैंक खाता, विदेशस्थित घरजग्गामा लगानी गर्न नपाउने व्यवस्था रहेको बताए । 

All banking information at your fingertips.


शेयर गर्नुहोस