बेलुनमा आगोलाग्दा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर आचार्य घाइते

२०८१ फागुन ३ गते शनिबार ।
पोखरा । आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्ष, २०२५को उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधानन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य घाइते भएका हुन् ।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा बेलुनमा आगो लागेको थियो । ठूलो आवाज सहित बेलुन पडकिएपछि बेलुन समाएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई आगोको भिल्काले छोएको थियो ।
त्यसलगत्तै गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरेपछि अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ ।
मेयर आचार्यलाई पनि फिस्टेल हस्पिटलमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि कीर्तिपुर स्थित बर्न हस्पिटल लगिएको छ ।