नेप्से सामान्य अंकले घट्यो

२०८१ माघ २३ गते बुधबार ।
सेयर खबर । सेयरबजार बुधबार सामान्य अंकले घटेको छ । कारोबार मापक नेप्से परिसूचक ४.४५ अङ्कले घटेर दुई हजार सात सय ११.४५ को बिन्दुमा कायम भएको हो ।
आठ अर्ब ९५ करोड ८० लाख सात हजार रुपैयाँ बराबरको एक करोड ९१ लाख ८१ हजार चार सय १४ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका २४२ कम्पनीमध्ये १२२ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै ११३ कम्पनीको सेयरमूल्य बढेको छ भने सात वटाको स्थिर रहेको छ ।
आजको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था, छ्याङदी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको आज सबैभन्दा बढी ३३ करोड ७६ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ । आजको कारोबार पछि कूल बजार पुँजीकरण ४४ खर्ब ९८ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबर पुगेको छ ।