सेयरबजार १४ अंकले घट्यो

सेयरबजार १४ अंकले घट्यो

२०८१ माघ २२ गते मंगलबार । 

बैंकको खबर । सेयरबजारमा आज नेप्से परिसूचक १४ दशमलव शून्य आठ अंकले घटेर दुई हजार सात सय १५ दशमलव ९१ विन्दुमा झरेको छ । 

कारोबार रकम हिजोको तुलनामा घटेको छ । आठ अर्ब ९१ करोड ९६ लाख ९७ अजार रुपैयाँ बराबरको एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका दुई सय ४२ कम्पनीमध्ये १६२ वटाको सेयरमूल्य घट्दा बजारमा गिरावट देखिएको हो । तरपनि ७१ कम्पनीको सेयरमूल्य बढेको छ भने नौ वटाको स्थिर रहेको छ । 

जलविद्युत र अन्य बाहेक सबै समूह घटेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार नकारात्मक सर्किट लेभलमा भएको छ । जोशी हाइड्रो पावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस