बजारबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

२०८१ माघ ६ गते आइतबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न आज ६० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै सो पैसा प्रणालीबाट प्रशोचन गर्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
२१ दिनको निक्षेप संकलन उपकरण जारी गरिएकोले माघ २७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिन्छ ।
All banking information at your fingertips.