बजारबाट आज ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

२०८१ माघ २ गते बुधबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बैंकहरुले कर्जा प्रवाह बढाउन नसकेपछि अधिक तरलताको स्थिति छ । यसबाट उत्पन्न हुने असर नियन्त्रणका लागि राष्ट्र बैंकले बजारबाट पैसा तान्न लागेको हो ।
राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल उपकरण जारी गरि सो पैसा तान्न लागेको हो । आज जारी हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी माघ २३ गते हुनेछ । निक्षेपको ब्याजदर बोलकबोलबाट हुनेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष
भाग जाने गरी कुल आव्हान रकमसम्म दिन सक्नेछन् ।
All banking information at your fingertips.