भारतीय बैंकहरुमा नगद अभाव, ब्याजदर साढे सात प्रतिशत पुग्यो

भारतीय बैंकहरुमा नगद अभाव, ब्याजदर साढे सात प्रतिशत पुग्यो

२०८१ माघ २ गते बुधबार । 

अन्तर्राष्ट्रिय । भारतीय बैंकहरुमा नगद अभाव बढेको छ । डिसेम्बर अन्तिममा बैंकिङ प्रणालीमा नगदको अभाव साढे एक लाख करोड भरतीय रुपैयाँ (भारु) पुगेको छ। 

नगद अभाग मएपछि बैंकहरुले निक्षेप बढाउने रणनीति लिएका छन् । त्यसका लागि बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदै लगेका छन् । फलस्वरूप निक्षेपको ब्याजदर ७.५० प्रतिशत पुगेको छ । कतिपय बैंकले उच्च ब्याजदरमा नयाँ योजनाको अन्तिम मिति थपेका छन् भने कतिपयले नयाँ एफडी योजना ल्याएका छन् ।

केही बैंकहरूले ज्येष्ठ र सुपर ज्येष्ठ नागरिकहरूलाई ०.६५ प्रतिशतसम्म बढी ब्याज दिइरहेका छन्। जसका कारण सुपर ज्येष्ठ नागरिकको ब्याजदर ८.०५ प्रतिशत पुगेको छ ।

डिसेम्बरको पहिलो हप्तामा बैंकहरूको नगद बचत १ लाख करोड भारु थियो। त्यसपछिको पन्ध्र दिनमा कर तिर्नका लागि निकासी र विदेशी विनिमय बजारमा आरबीआईको हस्तक्षेपका कारण तरलता घटेको छ ।

भारतीय केन्द्रीय बैंकको तथ्यांकअनुसार २०२४, डिसेम्बर २७ सम्म बैंकहरूको निक्षेप ९.८ प्रतिशतले बढेको छ । यस अवधिमा कर्जा वृद्धि अर्थात् ऋण वितरणको गति वार्षिक ११.१६ प्रतिशत छ ।

बैंकहरुको निक्षेप संकलन २२०.६ लाख करोड भारु र ऋण १७७.४३ लाख करोड पुगेको छ। अर्थात् बैंकहरूले जम्मा गरेको १०० रुपैयाँमा ८० रुपैयाँ कर्जा वितरण गर्दै आएका छन् ।

All banking information at your fingertips.


शेयर गर्नुहोस