भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर
२०८१ पुस २९ गते सोमबार ।
बैंकको खबर । आज भारतीय रुपैयाँ (भारु) अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको तुलनामा २७ पैसाले मूल्य घटेर प्रति डलर ८६.३१ भारु कायम भएको छ । जुन मूल्य अहिलेसम्मकै कमजोर मूल्य हो ।
भारुले यसअघि जनवरी १०को रेकर्ड मूल्यलाई ब्रेक गरेको हो । जनवरी १० मा अमेरिकी डलर एकको मूल्य ८६.०४ भारु थियो । यो मूल्यलाई आज ब्रेक गरेको हो ।
विज्ञहरूका अनुसार भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताले पछिल्लो समय गरेको विक्री नै रुपैया घट्नुको प्रमुख कारण हो । यसबाहेक भूराजनीतिक तनावले पनि रुपैयाँमा नकारात्मक प्रभाव पारेको अर्थशास्त्रीहरुको दाबी छ ।
All banking information at your fingertips.