नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
२०८१ पुस २८ गते आइतबार ।
बीमा खबर । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ११.०५ प्रतिशत नगद लाभांश रहेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.