अमेरिकी डलरको भाउ उच्च विन्दुमा स्थिर

अमेरिकी डलरको भाउ उच्च विन्दुमा स्थिर

२०८१ पुस २६ गते शुक्रबार । 

बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलर र युरोपियन युरोको भाउ स्थिर रहेको छ । यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिदर एक सय ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ६६ पैसा तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । हिजो बिहीबार डलरको भाउले नयाँ रेकर्ड बनाएको थियो । सोही मूल्यमा आज स्थिर रहेको छ । 

यसैगरी युरोपियन युरो एकको खरिदर एक सय ४१ रूपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ६९ रूपैयाँ १२ पैसा तोकेको छ ।

स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५० रूपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५० रूपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिदर ८४ रूपैयाँ ९३  पैसा र बिक्रीदर ८५ रूपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६६ पैसा तोकिएको छ । 

सिङ्गापुर डलर एकको खरिदर एक सय रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय रूपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रूपैयाँ ६८ पैसा र बिक्रीदर आठ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १८ रूपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७६ पैसा तोकिएको छ ।

२०८१ पुस २६ गते शुक्रबार । 

All banking information at your fingertips.


शेयर गर्नुहोस