के हो रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली

के हो रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली

२०८१ पुस २४ गते बुधबार ।
बैंकको खबर । रियल टाएम ग्रस सेटलमेन्ट (आरटीजीएस) एक फन्ड ट्रान्सफर प्रणाली हो । जसमा एक बैंकबाट अर्को बैंकमा फन्ड ट्रान्सफर ‘रियल टाइम’मा र ‘ग्रस–ट्रान्जाक्सन बाइ ट्रान्जाक्सन–बेसिस’ (ग्रस लेनदेनको आधार)मा कुनै पनि ट्रान्जेक्सनको बन्डलिङ वा नेटिङ नगरी ट्रान्सफर गरिन्छ । 

आरटीजीएस प्रणालीबाट दुई लाख रुपैयाँ वा सोभन्दा बढी जतिसुकै रकमको भुक्तानी गर्न सकिन्छ । आरटीजीएस प्रणालीबाट कारोबार गर्न आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानीसम्बन्धी आदेशसहितको विवरण खुलाई बुझाउनुपर्दछ । त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले ‘आरटीजीएस’ प्रणालीमा प्रविष्टि गरेपछि तुरुन्त कारोबार सम्पन्न हुन्छ । यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाको कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ । 

ठूलो रकमको कारोबार अन्य भुक्तानी उपकरणहरु (जस्तै इसीसी, आईपीएस)बाट गरेमा तत्कालै सम्बन्धित ग्राहकको खातामा जम्मा नभई केही समयको अन्तरालमा मात्र जम्मा हुन्छ भने आरटीजीएसमार्फत गरिएका कारोबारहरु तत्काल नै सम्बन्धित ग्राहकको खातामा जम्मा हुने गर्दछ ।

All banking information at your fingertips.


शेयर गर्नुहोस