कुमारी बैंकले लाभांश वितरण नगर्ने

२०८१ पुस १९ गते शुक्रबार ।
बैंकको खबर । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सञ्चालक समितिले लाभांश वितरण नगर्ने प्रस्ताव सहित गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।
All banking information at your fingertips.