किन बढीरहेको छ अमेरिकी डलरको भाउ ?

२०८१ पुस १४ गते आइतबार ।
बैंको खबर । नेपाली बजारमा अमेरिकी डलरको भाउ निरन्तर बढीरहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
खासगरी भरातीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामा पनि परेको हो । किनभने भारुसँग नेपाली मुद्राको स्थिर विनिमयदर छ ।
यस्तै आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा तोकेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको अन्य विदेशी मुद्राको विनिमयदर