कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

२०८१ पुस ११ गते बिहीबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिएपछि नेपाल स्टक एक्सचेन्जले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ । 

नेप्सेले बिहीबारदेखि कम्पनीको दोस्रो बजारमा सेयर कारोबार रोक्का हुने जानकारी दिएको छ ।

राष्ट्र बैंकले बुधबार बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम नेपालगञ्ज, बाँके केन्द्रीय कार्यालय रहेको उक्त विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । 

बैंकको सेयरको पछिल्लो मूल्य प्रतिकित्ता ८१० रुपैयाँमा थियो । 

All banking information at your fingertips.


शेयर गर्नुहोस