बैंकर्स संघमा नयाँ कार्यसमिति

बैंकको खबर । नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध चयन भएका छन् । बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले कोइरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । कोइराला यसअघि संघको उपाध्यक्ष थिए ।
साधारणसभाले संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी पनि निर्विरोध चयन भएका छन् । यसबाहेक संघमा रिक्त रहेका तीन सदस्य पनि निर्विरोध चयन भएका छन् ।
यस्तै साधारणसभाले एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल सदस्य चयन भएका छन् । एभरेष्ट बैंकका खालिङ दोस्रो कार्यकालका लागि सदस्य चुनिएका हुन् ।
कोइरालाले अब दुई वर्ष २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठनको नेतृत्व गर्नेछन् ।
संघको कार्यसमिति | |
१.सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक लि. | अध्यक्ष |
२. सुरेन्द्रराज रेग्मी, प्रमुख कार्यकारी अधिकृत, ग्लोबल आइएमई बैंक लि. | उपाध्यक्ष |
३. अशोक शेरचन, प्रमुख कार्यकारी अधिकृत, प्रभु बैंक लि. | सदस्य |
४. निश्चल राज पाण्डे, प्रमुख कार्यकारी अधिकृत, सानिमा बैंक लि. | सदस्य |
५. सञ्जिब मानन्धर, प्रमुख कार्यकारी अधिकृत, प्राइम कमर्सियल बैंक लि. | सदस्य |
६. सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ बैंक लि. | सदस्य |
७. रामचन्द्र खनाल, प्रमुख कार्यकारी अधिकृत, कुमारी बैंक लि. | सदस्य |
८. सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक लि. | सदस्य |
९. तिलक राज पाण्डेय, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक लि. | सदस्य |