महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

२०८१ पुस १ गते सोमबार ।
बैंकको खबर । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ ।
बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.