बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई

२०८१ मंसिर २७ गते बिहीबार । 

बैंकको खबर । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले पाएका छन् । सरकारले अर्को व्यवस्था नभएसम्मका लागि सहसचिव दाहाललाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो । 

अर्थ मन्त्रालयका अनुसार बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका सहसचिव दाहाल बीमा प्राधिकरण अध्यक्षका रूपमा कामकाज गर्ने गरी तोकिएका हुन् ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

All banking information at your fingertips.


शेयर गर्नुहोस