गोरख राणा बने स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ

गोरख राणा बने स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ

बैंकको खबर । स्टान्डर्ड चार्टर्ड बैंकको सीईओमा गोरख राणा नियुक्त भएका छन् । उनी यस बैंकको पहिलो नेपाली सीईओ बनेका छन् ।

बैंक सञ्चालक समितिको बैठकले राणालाई जनवरी १ देखि लागू हुनेगरी सीईओ  नियुक्त गरेको हो । 

हाल उनी स्टान्डर्ड चार्टर्डकै डेपुटी सीईओको भूमिकामा छन् । अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएपछि राणा सीईओमा नियुक्त भएका हुन् । 

सन् १९९४ देखि स्ट्याण्डर्ड चार्टर्ड बैंकबाटै करियर सुरु गरेका राणासँग ३० वर्षको बैंकिङ अनुभव छ । उनले स्टान्डर्डमा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस