मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, ६.३५ प्रतिशत नगद दिने

२०८१ मंसिर २४ गते सोमबार ।
बैंकको खबर । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।
मंसिर २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.