श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा
२०८१ मंसिर १९ गते बुधबार ।
बैंकको खबर । श्री इन्भेष्टेमन्ट एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ।
मंसिर १८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १.९६४१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। सोमध्ये १.८६५९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.०९८२ प्रतिशत नगद लाभांश रहेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिनेछ।
All banking information at your fingertips.