ज्योति विकास बैंकका ग्राहकहरुलाई ई–रिभोल्भिङ रेस्टुरेन्टमा छुट
बैंकको खबर । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित ‘ई(रिभोल्भिङ भारतीय भोजन भोजनालय’ मा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
यो सम्झौतापछि, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण, काठमाडौँको न्युरोडमा रहेको यो रेस्टुरेन्टले ग्राहकहरूको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
ज्योति विकास बैंकले काठमाडौं उपत्यका र बाहिर गरी १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
All banking information at your fingertips.