लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रद सेयर निष्काशन, आजदेखि दिन सकिन्छ आवेदन

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रद सेयर निष्काशन, आजदेखि दिन सकिन्छ आवेदन

२०८१ मंसिर १२ गते बुधबार । 

बीमा खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड ले आज (मंसिर १२ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १ः०.८८४५१६८ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । 

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि इन्स्योरेन्सले कात्तिक ९ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रदका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद सेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। 

हकप्रद निष्काशनका इन्स्योरेन्सलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ। यो स्कोरले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको जनाउँछ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।

All financial information at your fingertips.


शेयर गर्नुहोस