कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर वितरण गर्ने

कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर वितरण गर्ने

२०८१ मंसिर ११ गते मंगलबार ।

कर्पोरेट । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने कम्पनीले जनाएको छ । 


शेयर गर्नुहोस