बजारबाट फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक

बजारबाट फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक

२०८१ कात्तिक २८ गते बुधबार ।

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रकम प्रशोचन गर्दै आएको छ । 

अर्थतन्त्रका अन्य क्षेत्र सुस्त भएका बेला मानिसहरुले बैंकमा निक्षेप राखेर ब्याज खाने क्रम बढ्दो छ । अर्कोतर्फ कर्जा विस्तार पनि न्यून छ । यहीकारण प्रणालीमा सात खर्ब रुपैयाँ हाराहारी लगानीयोग्य पैसा छ । 

केन्द्रीय बैंकले बजारमा अधिक तरलता भएको अवस्थामा विभिन्न उपकरण जारी गरी तरलता व्यवस्थापन गर्दै आएको छ । आज पनि २१ दिन अवधिको निक्षेप संकलन बोलकबोलमार्फत सो रकम प्रशोचन गर्न लागेको हो । 

आज कात्तिक २८ गते बोकबोल हुने निक्षेप संकलन उपकरणको आजै निष्काशन हुने छ भने मंसिर १९ गते परिपक्व हुनेछ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । पैसा राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । 

All banking information at your fingertips.


शेयर गर्नुहोस