नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कर्मचारी आवश्यकता
२०८१ कात्तिक २६ गते सोमबार ।
बैंकको खबर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न पदमा कर्मचारी मागेको छ । बैंकले दरखास्त आह्वान गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्ट लेभलमा ५० जना र म्यानेजमेन्ट ट्रेनीमा ५ जना गरी ५५ जना कर्मचारी माग गरेको हो ।
बैंकले ट्रेनी असिस्टेन्ट लेभलका लागि व्यवस्थापन, अर्थशास्त्र, कानुन, आइटी वा स्टाटिस्टिक्स विषयमा ब्याचलर पास गरेको हुनुपर्ने जनाएको छ । म्यानेजमेन्ट ट्रेनी लेभलको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर ९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
All banking information at your fingertips.