ज्योति विकास बैंकका ग्राहकलाई ठमेल प्लाजा होटलअन्तर्गतका होटलमा छुट
बैंकको खबर । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ठमेल प्लाजा होटल एण्ड स्वीट्सअन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको ठमेलस्थित "Ramada Encore" मा १५ प्रतिशत र पोखराको लेकसाइडस्थित "Dahila Boutique Hotel" मा १० प्रतिश छुट प्रदान गर्ने सम्झौता गरेको छ।
सम्झौतापछि, ज्योति विकास बैंकका ग्राहकहरूले यी २ वटा होटलमा खाना तथा रूम चार्जमा आकर्षक छुट पाउनेछन्। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
All banking information at your fingertips.