दुई महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स

दुई महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स

बैंकको खबर । चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेको छ । 

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६,४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४०,५८३ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४,४५५ र ३२,००४ थियो । 

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) दुई खर्ब ८६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई खर्ब ५१ अर्ब ६५ करोड रुपैयाँ थियो ।

All banking information at your fingertips.

 

 

२०८१ असोज २९ गते मंगलबार ।


शेयर गर्नुहोस