एक दिनमा चार अर्ब घट्यो बैंकहरुको निक्षेप संकलन
बैंकको खबर । बैंकहरुको निक्षेप संकलन एक दिनमा चार अर्ब रुपैयाँ घटेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार असोज ३ गते निक्षेप संकलन चार अर्ब रुपैयाँ घटेर ६५ खर्ब १७ अर्ब रुपैयाँ कायम भएको छ । त्यसअघि असोज २ गते बैंकिङ प्रणालीमा ६५ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप थियो ।
सो दिन वाणिज्य बैंकहरुको निक्षेप चार अर्ब रुपैयाँले घटेर ५७ खर्ब ८९ अर्ब रुपैयाँ कायम भएको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुको निक्षेप संकलन भने सात खर्ब २८ अर्ब रुपैयाँ कायम छ ।
असोज ३ गतेसम्म बैंक तथा वित्तीय संस्थाले कुल ५२ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरुले ४६ खर्ब २४ अर्ब रुपैयाँ र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले पाँच खर्ब ९९ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.७६ प्रतिशत छ । बैंकहरुले सीडी रेसियो ९० प्रतिशतसम्म कायम गरेर कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ ।
२०८१ असोज ७ गते सोमबार ।