सेयरबजार ११.५८ अंकले बढ्यो

सेयरबजार ११.५८ अंकले बढ्यो

सेयर खबर । आज (असोज ६ गते आइतबार) सेयरबजारमा नेप्से परिसस्चक ११.५८ अंकले बढेर दुई हजार ५८८.३५ को अंकमा बन्द भएको छ । 

पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार छ सय ९० रुपैयाँको  एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता सेयर बिनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये १३८ वटाको सेयरमूल्य बढेको छ । ९५ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने ११ वटाको स्थिर रहेको छ ।

आज फाइनान्स समूह ०.३१, होटल तथा पर्यटन ०.६१, उत्पादन तथा प्रशोधन ०.१९, लघुवित्त ०.१८ र म्युचुअल फन्ड ०.१० प्रतिशतले घटेका छन् । अरु सबै समूह बढेका छन् ।

सबैभन्दा बढी बैकिङ समूह १.०१ प्रतिशतले बढेको छ । विकास बैंक ०.६६, जलविद्युत् ०.३१, लगानी ०.६२ र जीवन बीमा समूह ०.२४ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ०.४७, व्यापार ०.०७ र अन्य समूह ०.४१ प्रतिशतले बढेको छ ।

इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर साङ्गी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । 

सबैभन्दा धेरै घट्नेमा भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ८.६५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको २७ करोड ८० लाख २७ हजार सात सय १५ रुपएयाँको सेयर कारोबार भएको छ । 


शेयर गर्नुहोस