घट्यो अमेरिकी डलरको भाउ
बैंकको खबर । नेपाली बजारमा आज (२०८१ असोज ४ गते शुक्रबार) अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा तोकेको छ । हिजो बिहीबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा थियो ।
युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ्गको मूल्य भने हिजोको तुलनामा आज बढेको छ । राष्ट् बैंकले आजका लागि एक युरोको खरिददर १४९ रुपैयाँ ७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो एक युरोको खरिददर १४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४३ पैसा थियो ।
यस्तै आज बेलायती पाउण्ड स्टर्लिङ्गको खरिददर १७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३९ पैसा तोकेको छ । हिजो एक पाउण्डको खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा थियो ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५६ पैसा तोकेको छ । जापनिज येन १० को खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
All banking information at your fingertips.