सेयरबजार बढाउन अर्थमन्त्रीको दौडधुप, नेप्सेसँग मागे बजारमा गिरावट आउनुको जवाफ

सेयरबजार बढाउन अर्थमन्त्रीको दौडधुप, नेप्सेसँग मागे बजारमा गिरावट आउनुको जवाफ

बैंकको खबर । अर्थमन्त्री विष्णुप्रसाद पौडेल सेयर बजारको गिरावट रोक्ने प्रयासमा लागेका छन् । आफू अर्थमन्त्री हुने भएपछि नै बढ्न सुरु गरेको नेप्से भदौ लागेपछि घट्न थालेको छ । त्यसपछि अर्थमन्त्रीलाई तनाव बढेको देखिन्छ । 

आफूहरुको सरकार बनेपछि सेयरबजारमा आएको उच्च वृद्धिलाई नयाँ सरकारप्रति जनताको भरोसा बढेको चित्रण गर्दै आएका पौडेल पछिल्लो एक महिनामा लगातार गिरावट आएपछि त्यसलाई रोक्न दौडधुप सुरु गरेका छन् । 

बुधबार नेप्सेको कार्यालय पुगेका पौडेलले पछिल्लो एक महिनामा बजार घट्नुको कारण आफूलाई चाहिएको बताए । उनले नेप्से ३००० विन्दुबाट २५०० विन्दुमा किन आयो भन्दै नेप्सेसँग जवाफ मागेका छन् । यस्तै दिनमा ३० अर्ब रुपैयाँको कारोबार भएकोमा अहिले पाँच अर्बमा किन झर्यो त्यसको पनि जवाफ दिन नेप्सेलाई निर्देशन दिएका छन् । 

बजारमा हुने इन्साइडर ट्रेडिङ, कर्नरिङ लगायतका गलत क्रियाकलापमा आजैदेखि निगरानी राखि त्यसलाई बाहिर निकाल्न नेप्सेलाई निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सरकार पुँजी बजारको दिगो विकासको पक्षमा रहेको भन्दै आवश्यक कदम चाल्न ढिलाई गर्न नहुनेमा जोड दिए । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस