सामान्य घट्यो नेप्से,  पाँच अर्ब ६६ करोड मात्रै कारोबार

सामान्य घट्यो नेप्से,  पाँच अर्ब ६६ करोड मात्रै कारोबार

बैंकको खबर । सेयरबजारमा नेप्से परिसूचक बुधबार पनि घटेको छ । नेप्से  ४ अंकले घटेर दुई हजार पाँच सय ७६.७६ विन्दुमा कायम भएको छ ।

कारोबार भएका २४४ कम्पनीमध्ये १६३ वटाको सेयरमूल्य घटेको छ । ७४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७ वटाको स्थिर रहेको छ ।

पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार नौ सय ६१ रुपैयाँको एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता सेयर किनबेच भएको छ ।

आज बैंकिङ समूह शून्य दशमलव ७६ प्रतिशत र निर्जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरु सबै समूह घटेका छन् ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ८.०८ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य रहेको छ । यो कम्पनीको सेयरमूल्य ७.६७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट लिमिटेडको २० करोड ५८ लाख रुपैयाँ बराबरको भएको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस