विद्यार्थीलाई सहजै शैक्षिक कर्जा उपलब्ध गराउन पोखरामा प्रभु बैंकको शैक्षिक केन्द्र स्थापना

विद्यार्थीलाई सहजै शैक्षिक कर्जा उपलब्ध गराउन पोखरामा प्रभु बैंकको शैक्षिक केन्द्र स्थापना

बैंक खबर । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको छ। स्वदेश र विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई सहज र सरल शैक्षिक कर्जा उपलब्ध गराउने उद्देश्य सहित शैक्षिक केन्द्र स्थापना गरिएको बैंकले जनाएको छ । 

यस केन्द्रले कर्जा प्रक्रियालाई प्रभावकारी बनाउन र विद्यार्थीहरूको शिक्षा सम्बन्धी वित्तीय आवश्यकतामा सहयोग पुर्याउने विश्वास बैंकको छ ।

सीमित वित्तीय स्रोतका कारण उच्च शिक्षा प्राप्त गर्न कठिनाइमा परिरहेका अभिभावकहरूलाई सहज र छिटो शैक्षिक कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि शैक्षिक केन्द्रले कर्जा प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने प्रतिबद्धता बैंकले जनाएको छ।

शैक्षिक कर्जा सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको गण्डकी प्रदेश कार्यालयको शैक्षिक केन्द्र वा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरूमा सम्पर्क गर्न सक्नेछन्। 

कर्जा स्वीकृत गर्ने प्रक्रिया ५ दिनभित्र पूरा हुने व्यवस्था गरिएको छ। शैक्षिक केन्द्रको उद्घाटन प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनले गरेो बैंकले जनाएको छ ।

All banking information at your fingertips.


शेयर गर्नुहोस