अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

बैंकको खबर । नेपाली बजारमा आज (२०८१ भदौ २६ गते बुधबार) अमेरिकी डलरको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ सात पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा तोको छ । हिजो मंगलबार एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा थियो ।

यस्तै युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा तोकेको छ । हिजो एक युरोको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा थियो ।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि हिजोको तुलनामा आज केही बढेको छ । राष्ट्र बैंकले आजका लागि एक पाउण्डको खरिददर १७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो एक पाउण्डको खरिददर १७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा थियो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


शेयर गर्नुहोस