बैंकिङ प्रणालीमा निक्षेप एक अर्ब घट्यो, कर्जा स्थिर

बैंकिङ प्रणालीमा निक्षेप एक अर्ब घट्यो, कर्जा स्थिर

बीमा खबर । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन एक अर्ब रुपैयाँ घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ २२ गतेको तथ्यांकमा निक्षेप संकलन एक अर्ब रुपैयाँ घटेको देखिन्छ । निक्षेप संकलन भदौ २१ गते ६४ खर्ब ८२ अर्ब रहेकोमा २२ गते ६४ खर्ब ८१ अर्ब रुपैयाँ छ ।

कर्जा प्रवाह भने स्थिर देखिएको छ । भदौ २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा रकम ५२ खर्ब एक अर्ब रुपैयाँ छ । 

यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षृप संकलन दुई अर्ब रुपैयाँ घटेको छ । भदौ २१ गते ५७ खर्ब ५६ अर्ब रुपैयाँ रहेकोमा २२ गते ५७ खर्ब ५४ अर्बमा झरेको छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने एक अर्ब रुपैयाँ घटेको छ । 

विकास बैंक र फाइनान्स कम्पनीहरुको निक्षेप संकलन र कर्जा प्रवाह पनि स्थिर देखिएको छ ।
 

All banking information at your fingertips.


शेयर गर्नुहोस