विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलरको भाउ बढ्यो, युरो र पाउण्ड घट्यो
बैंकको खबर । नेपाली बजारमा आज (२०८१ भदौ २५ गते मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ । राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो सोमबार एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ २ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा थियो ।
युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ भने घटेको छ । राष्ट्र बैंकले आजका लागि एक युरोपियन युरोको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा तोकेको छ । हिजो एक युरोको खरिददर १४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४९ रुपैयाँ २३ पैसा थियो ।
यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो एक पाउण्डको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७० पैसा थियो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर