आजको विदेशी मुद्रा विनिमयदर 

आजको विदेशी मुद्रा विनिमयदर 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (२०८१ भदौ २३ गते आइतबार)का लागि एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ दुई पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा तोकेको छ । गत शुक्रबार एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा थियो । शुक्रबार डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । शनिबार यता भने मूल्य घटेको छ । 

राष्ट्र बैंकले आज एक युरोपियन युरोको खरिददर १४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा तोकेको छ । शुक्रबार एक युरोको खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा थियो ।

यस्तै एक पाउण्ड स्टर्लिङको खरिददर १७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा तोकेको छ । शुक्रबार एक पाउण्डको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा थियो । 

 

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

 

All banking information at your fingertips.


शेयर गर्नुहोस