नेपाल एसबिआई बैंकका सीईओ दीपककुमार दे को कार्यकाल ६ महिना थपियो
बैंकको खबर । नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपककुमार देको कार्यकाल ६ महिना थपिएको छ ।
सीईओ देको चार वर्षे कार्यकाल यही भदौ ३१ गतेदेखि समाप्त हुने भएपछि भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो मितिपश्चात अर्थात असोज १ गतेदेखि लागू हुनेगरी थप छ महिनाका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
All banking information at your fingertips.