सेयर बजारमा नेप्से करिब सात अंकले बढ्यो
बैंकको खबर । सेयरबजारमा मंगलबार नेप्से परिसूचक ६.९४ अंकले बढेर २८३०.२० विन्दुमा कायम भएको छ । १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार रुपैयाँ बराबरको तीन करोड पाँच लाख ९९ हजार आठ सय ९० कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका २४४ कम्पनीमध्ये १३३ वटाको सेयरमूल्य घटेको छ भने १०६ वटाको बढेको छ । बाँकी पाँच वटाको स्थिर रहेको छ ।
विकास बैंक, होटल तथा पर्यटन, लघुवित्त, जीवन बीमा र निर्जीवन बीमा समूह बढेका छन् । बाँकी सबै समूह घटेका छन् ।
विकास बैंक समूह १.३२ प्रतिशत, होटल तथा पर्यटन ०.६५, जीवन बीमा २.२८, लघुवित्त ०.३६ र निर्जीवन बीमा ४.७८ प्रतिशतले बढेको छ ।
बैंकिङ समूह ०.६७ प्रतिशत, वित्त १.५७, जलविद्युत् ०.५०, लगानी ०.४४, उत्पादन तथा प्रशोधन ०.१४, म्युचुअल फन्ड ०.०३, व्यापार ०.४१ र अन्य ०.१८ प्रतिशतले घटेको छ ।
सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको सयर मूल्य ८.८६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ३४ करोड ७२ लाख २३ हजार दुई सय ७३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
All financial information at your fingertips.