समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा

समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा

बैंकको खबर । समृद्धि फाइनानसको १५ सय कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । फाइनान्सले सो सेयर विद्यमान संस्थापक सेयरधनीले खरिद गर्न सक्नेगरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नियमानुसार खरिद गर्न न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता वा सो भन्दा बढी लिन चाहेमा सो खुलाई निवेदन दिन भनेको छ । 

तोकिएको म्याद भित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद गर्नका लागि निवेदन प्राप्त नभएमा नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशनको अधिनमा रहि प्रचलित कानून बमोजिम बाह्य खरिदकर्तामा संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अगाडी बढाइने फाइनान्सले जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस