ज्योति विकास बैंकका ग्राहकलाई मेडेक्स मल्टिस्पेशलिटी क्लिनिकमा विशेष छुट
बैंकको खबर । ज्योति विकास बैंक लिमिटेडले ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेशलिटी क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर’मा बैंकका ग्राहकहरूलाई २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकहरूले उक्त क्लिनिकमा इन(हाउस परीक्षणहरू गराउँदा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
All financial information at your fingertips.