बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब  रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (२०८१ भदौ १२ गते) बुधबार वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको छ । केन्द्रीय बैंकले २१ दिन अवधिको लागि निक्षेप संकलन गर्न लागेको हो । 

बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेर मार्फत बोलकबोलमा सहभागि हुन सक्नेछन् । 

ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी २०८१ असोज २ गते हुनेछ । 
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस