आइएमई लाइफ इन्स्योरेन्सको कामु सीईओमा अमात्य नियुक्त

आइएमई लाइफ इन्स्योरेन्सको कामु सीईओमा अमात्य नियुक्त

बीमा खबर । आइएमई लाइफ इन्स्योरेन्सको कायममुकायम (कामु) सीईओमा दिनेशबहादुर अमात्य नियुक्त भएका छन् । चार वर्षे कार्यकाल समाप्त भई प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट कवि फुयाल बाहिरिएपछि इन्स्योरेन्सको सञ्चालक समितिले अमात्यलाई कामु सीईओ बनाएको हो । फुयाल २०७७ भदौदेखि इन्स्योरेन्सको सीईओको जिम्मेवारीमा थिए । उनको कार्यकाल भदौ ६ गते समाप्त भएको हो । 

भदौ ९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उपकार्यकारी प्रमुख अमात्यलाई कामु सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो । 

All financial information at your fingertips.


शेयर गर्नुहोस