कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश घोषणा

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश घोषणा

बैंकको खबर । कुमारी बैंक लिमिटेड कोष प्रवद्र्धक र कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । 

भदौ १० गते बसेको कुमारी कयापिटलको सञ्चालक समितिको बैठकले कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश घोषणा गरेको हो । यी दुवै योजना बन्दमुखी योजना हुन् । 

क्यापिटलले आर्थिक वर्ष २०८०÷८१ मा आर्जन गरेको नाफाबाट कुमारी धनवृद्धि योजनाका इकाइ धनीहरुका लागि ९.५० प्रतिशत र कुमारी इक्विटी फण्डका इकाइ धनीहरुका लागि  पनि ९.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस