घट्यो नेपाल टेलिकमको नाफा
कर्पोरेट । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ।
टेलिकमले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.४४ प्रतिशत कम हो। आर्थिक वर्ष २०७९/८०मा कम्पनीको नाफा ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ थियो।
आम्दानी घटेकाले नाफामा गिरावट आएको देखिन्छ । कम्पनीको आम्दानी ४.९९ प्रतिशत र वित्तीय आम्दानी १६.६८ प्रतिशत घटेको छ ।
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ।
नाफा घटेपछि टेलिकमको प्रतिसेयर आम्दानीमा पनि ७ रुपैयाँ २४ पैसा घटेर ३६ रुपैयाँ ७७ पैसा कायम भएको छ । यस्तै प्रतिशेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात २२.९८ गुणा छ।
All financial information at your fingertips.