यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
बैंक खबर । आज (२०८१ साउन २८ गते सोमबार) अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरोको भाउ घटेको छ भने बेलायती पाउण्ड स्टर्लिङ्गको बढेको छ ।
राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ चार पैसा तोकेको छ । यही भाउमा आइतबार पनि कारोबार भएको थियो ।
एक युरोको बिक्रीदर १४६ रुपैयाँ ९८ पैसा र खरिददर १४६ रुपैयाँ ३२ पैसा तोकेको छ । जुन आइतबारको तुलनामा घटेको छ । आइतबार १ युरोको बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा र खरिददर १४६ रुपैयाँ ३४ पैसा थियो ।
यस्तै, १ पाउण्ड स्टर्लिङ्गको बिक्रीदर १७१ रुपैयाँ ८४ पैसा र खरिददर १७१ रुपैयाँ ८ पैसा छ । आइतबार १ पाउण्ड स्टर्लिङ्गको बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा र खरिददर १७० रुपैयाँ ८४ पैसा थियो ।