३० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्न आइसीएफसीलाई राष्ट्र बैंकको स्वीकृति
बैंक खबर । आइसीएफसी फाइनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्काशन गर्न स्वीकृति प्राप्त गरेको छ । राष्ट्र बैंकले जेठ २८ गते नौ प्रतिशत ब्याजदरमा एक हजार रुपैयाँ दरका तीन लाख कित्ता ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो ।
फाइनान्सले २०८० चैत १९ गतेको सञ्चालक समितिको बैठकबाट ‘आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने निर्णय गरेको थियो ।
फाइनान्सले अब ३० करोड रुपैयाँ बराबरको एक हजार रुपैयाँ दरका तीन लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । यो ऋणपत्रमा ब्याजदर नौ प्रतिशत हुने फाइनान्सले जनाएको छ ।
All financial information at your fingertips.