चैतसम्म १० खर्ब ८२ अर्ब भित्रियो रेमिट्यान्स

चैतसम्म १० खर्ब ८२ अर्ब भित्रियो रेमिट्यान्स

बैंक खबर । चालु आर्थिक वर्षको चैत महिनामा १ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जुन फागुनमा भन्दा १ अर्ब रुपैयाँ कम हो । फागुनमा १ खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

साउन देखि चैतसम्म (९ महिना) मा कुल १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। 

रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्षको तुलनामा १९.८ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको नौ महिनामा ९ खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ अर्ब ९२ करोड अमेरिकी डलर थियो ।

All financial information at your fingertips.


शेयर गर्नुहोस