डलरको भाउ अहिलेसम्मकै महँगो

डलरको भाउ अहिलेसम्मकै महँगो

बैंक खबर । अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ८३ पैसा तोकेको छ । यसअघि २०८० चैत २३ गते १३३ रुपैयाँ ८१ पैसा पुगेको थियो । २०८१ वैशाख ४ गते मंगलबार चैत २३ गतेको रेकर्डलाई तोड्दै डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । 

वैशाख ३ गते सोमबार डलरको भाउ १३३ रुपैयाँ ७७ पैसा थियो । 

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर भएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । 

डलरको भाउ महँगिदा आयात महँगो हुन्छ, वैदेशिक ऋणको भार बढ्छ, वैदेशिक शिक्षामा जाने विद्यार्थीले बढी पैसा भुक्तानी गर्नुपर्छ । 

डलरको भाउ बढ्दा पर्यटन क्षेत्र, निर्यात र रेमिट्यान्स  आप्रवाहमा फाइदा हुन्छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस