रोकिएन सेयरबजारको घट्ने क्रम

रोकिएन सेयरबजारको घट्ने क्रम

सेयर खबर । सोमबार सेयरबजारमा नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा झरेको छ । दुई अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार दुई सय कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति १० अर्ब रुपैयाँले घटेर ३१ खर्ब ९० अर्बमा झरेको छ ।

कारोबारमा आएका दुई सय ४५ कम्पनीमध्ये १५१ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । बजार घटेपनि ८६ कम्पनीको सेयरमूल्य बढेको छ । 

दुई कम्पनीमा सकारात्मक सर्किट लगोको छ । गुरास लघुवित्त र माइखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै रिभर फल्स पावरको सेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ । होटल र पर्यटन समूह १.१६ प्रतिशत र ट्रेडिङ समूह ०.२० प्रतिशतले बढेको छ । बाँकी समूह घटेका छन् ।

सेयर बजार घट्न थालेपछि फेरी २००० कै मनोवैज्ञानिक रेखानजिक आउने अनुमान लगानीकर्ताले गर्दै आएका छन् । २००० विन्दुको रेखालाई ब्रेक गरेर तलतिर आउने हो की भन्ने मनोवैज्ञानिक त्रास लगानीकर्तामा देखिन थालेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस